उद्देश्य (काम¸ कर्तव्य र अधिकार)

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको  ९  काम¸ कर्तव्य र अधिकारः 

पशुपन्छी तथा मत्स्य विकासका माध्यमबाट स्वरोजगार प्रवर्द्धन र आय आर्जनका बैकल्पिक अवसरहरु श्रृजना गरि कृषक समुदायको गरिबि न्यूनिकरण¸ उत्पादन विविधकरण¸ परिवारिक पोषण र जिवन स्तरमा सुधार गर्दै  व्यवसायिकरण¸ बजारिकरण लक्षित रणनीति अख्तियार गरी उद्यमशिलताको प्रवर्द्धन र पशुपन्छी तथा मत्स्य उत्पादनमा प्रादेशिक आत्मनिर्भरता हासिल गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ निम्‍न कार्यहरु गर्ने गराउने रहेको छ ।

  • पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम संचालनका लागि प्रदेश सरकारको कार्यान्वय इकाईकोरुपमा कार्य गर्ने ।
  • रोग निदान र उपचारका लागि भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा प्रदान गर्ने ।
  • पशुपन्छी रोग निदान र उपचारका लगि Basic Veterinary Laboratoryसेवा प्रदान गर्ने ।
  • पशु आहारा आपुर्तिको सुनिश्चितताका लागि स्थान विषेशको सम्भाव्यताका आधारमा चरन तथा खर्कको संरक्षण र विकास सम्बन्धि प्रादेशिक निति तथा कार्यक्रम कार्यान्वयन गर्ने ।
  • स्थानिय तहको सहकार्यमा भूइँ तथा डालेघाँसको प्रवर्द्धन र घाँस संरक्षणका विधिहरुको प्रचार प्रसार एवं प्रवर्द्धन गर्ने ।
  • पशुपन्छी तथा मत्स्य नश्लको गुणस्तर निर्धारण र नियमन गर्ने ।
  • उन्नत नश्लका पशुपन्छी तथा मत्स्यको प्रादेशिक श्रोतकेन्द्र विकासमा सहयोग गर्ने ।
  • पशुपन्छी तथा मत्स्यजन्य उत्पादनको व्यवस्थित बजारिकरण¸ औधोगिकरण र निकासी प्रवर्द्धनका लागि आवश्यक पूर्वाधारहरुको विकास र सञ्‍चालनमा टेवा पुर्‍याउने ।
  • जनस्वास्थ्य संरक्षणका लागि जुनोटिक एवं सिमा विहिन माहामारीजन्य रोगहरुको नियमन तथा व्यवस्थापन गर्ने ।
  • कार्यक्षेत्र भित्रका कृषक र व्यवसायीहरु लक्षित पशुपन्छी तथा मत्स्य विकास संग सम्वन्धित विशिष्टीकृत ज्ञान र शीप प्रदान गर्ने ।
  • स्थानिय तहमा कार्यरत प्राबिधिकहरुको क्षमता र दक्षताले नभ्याउने प्रकृतिका पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि प्राविधिक सेवा टेवा र पृष्ठपोषण प्रदान गर्ने ।
  • महामारी र प्राकृतिक प्रकोपका कारण भएको पशुधनको क्षति विवरण संकलन तथा क्षतिपूर्ति¸ राहत र पूनरस्थापनका कार्यहरु गर्ने गराउने ।
  •  
  • पशुपन्छी तथा मत्स्य जैविक विविधताको पहिचान¸अभिलेखिकरण¸संरक्षण¸उपयोग र प्रवर्द्धनमा टेवा पुर्‍याउने ।
  • स्थानिय तह संगको समन्वयमा बिषयगत तथ्याङ्क संकलन र प्रेषण हुने प्रबन्ध मिलाइ आवधिक तथ्याँकहरु तालुक निकायमा पठाउने
  • मत्स्य विकास सम्बन्धि प्रादेशिक निती नियमले निर्दिष्ट गरे बमोजिमका कार्यक्रम सन्चालन गर्ने ।
  • पशुपन्छी तथा मत्स्य विकास क्षेत्रका ऐन¸नियम¸ मापदण्ड र संहिताहरुको कार्यान्वयन र नियमन गर्ने ।
  • स्थानीय आवस्यक्तामा आधारित पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि आधारभूत अध्ययन परिक्षणहरु सन्चालनगर्ने ।
  • प्रदेश सरकारको लक्ष मुताविक दूध¸ मासु र अण्डाको उत्पादन र उत्पादकत्वमा अभिबृद्धि गरि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा टेवा पुर्याउने ।
  • भेटेरिनरी तथा पशु विज्ञान विषयको स्नातक वाJT/JTAकोर्षमाअध्ययनरत विधार्थीहरुको इन्टर्नसिप वा  OJT प्रशिक्षणमा सहयोग गर्ने ।
  • स्थानिय तहबाट जारी हुने पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि ऐन¸ नियमावली¸निर्देशिका¸कार्यविधि र मापदण्ड तर्जुमामा आवश्यक पृष्ठपोषण समन्वय र सहकार्य गर्ने ।
  • पशुपन्छी तथा मत्स्य विमा तथा सहुलियत ब्याज दरको कृषि कर्जा प्रवाहमा समन्वय र सहजिकरण गर्ने ।
  • पशुपन्छि तथा मत्स्य विकास क्षेत्रका नविनतम प्रविधि,श्रब्यदृश्य सामग्रि र जानकारी मूलक सूचना प्रवाह गर्ने तथा पशु सेवा सूचना केन्द्रको रुपमा कार्य गर्ने ।
  • प्रदेश अन्तर्गत सन्चालन हुने संघिय पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम¸ आयोजना¸ कृयाकलापहरुमा आवश्यक समन्वय सहकार्य गर्ने ।
  • पशुपन्छी तथा मत्स्य विकासको सन्दर्भमा प्रदेश र स्थानिय तहहरु बिच समन्वय गर्ने ।
  • तालुक मन्त्रालय र निर्देशनालयको निर्देशन मुताविकका अन्य कार्यहरु गर्ने ।