परिचय

नेपालको कृषि प्रणालीमा पशुपंक्षीपालन व्यवसायको महत्व अनादिकालदेखि आजसम्म रहि आएको छ । पशुपालन व्यबसायलाई विविधिकरण, व्यबसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पर्‍याउने पशु सेवा विभागको प्रमुख उदेश्य हो । बि.सं. १९९६ मा पहिलो पटक काठमाण्डौमा एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरीको स्थापना भयो र उक्त डिस्पेन्सरी बि.सं. १९९६ मा पशु चिकित्सालयमा परिणत भएको थियो । वि.सं. २०१४ साल सम्ममा १० जिल्लाहरुमा पशु अस्पतालहरुको स्थापना भयो । पशु स्वास्थ्य सेवाको आवश्यकता बढ्दै गएकोले भारत, FAO / OXFAM को सहायतामा देशव्यापी रुपमा सेवा पर्‍याउन ३३ वटा अस्पताल, २१ डिस्पेन्सरी र १८ वटा चेकपोष्ट वि.सं. २०२१ सम्ममा स्थापना भएको समयमा नै सुनसरीमा समेत अहिलेको विज्ञ केन्द्र भेटेरिनरी डिस्पेन्सरीको नामबाट स्थापना भएको थियो। वि.सं. २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना गरी सोही विभागको मातहतमा राखि पाचौं पंचबर्षिय योजनादेखि पशु स्वास्थ्य, पशु आहारा, पशु प्रजनन् तथा पशुपालन व्यबस्थापन सेवालाई एकीकृत रुपमा कृषकहरुको घर दैलोमा पर्‍याउने उदेश्यले समन्वयात्मक पशु सेवा कार्यक्रम संचालन गरियो । बि.सं. २०२९ सालमा कृषिका सम्पुर्ण कार्यहरु समन्वयात्मक रुपमा लानको लागि पशु विकास तथा पशु स्वास्थ्य विभागलाई पुनः कृषि विभागमा गाभेर पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी कार्यक्रमहरु गर्दै आएको थियो ।पशुपालन ब्यबसायको बढ्दो माग पूरा गर्न पशु सेवामा आएको कमीलाई महशुस गरी बि.सं. २०३६ मा पुनः पशु विकास तथा पशु स्वास्थ्य विभाग (पछि पशु सेवा विभागको नाममा) पुनर्गठन गरि सो विभागको मातहतमा राखि यस जिल्लाबाट समेत पशु विकास तथा पशु स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गरेको थियो ।वि.सं. 2039 सालमा तत्कालिन जिल्ला पंचायात सचिवालयको अधिनमा रहि कार्यक्रम संचालन गर्ने गरी पशु स्वास्थ्य र पशु विकास शाखा शाखामा परिणत भयो । श्री 5 को सरकार मिति 2045/5/10 गतेको निर्णय पछि जिल्लामा पशु सेवा शाखा नामबाट जिल्ला सदरमुकाममा कार्यालय स्थापना गरी ग्रामिण क्षेत्रमा सेवा केन्द्रहरु स्थापना गरी पशु स्वास्थ्य तथा पशु विकास सम्बन्धी कामकाज गर्दै आएको थियो। वि.सं. २०४९ सालमा पुनः कृषि क्षेत्रका सबै सेवात्मक निकायहरुलाई समेटी कृषि विकास विभागको गठन गरी जिल्ला कृषि विकास कार्यालय मातहतमा राखि पशु सेवा तथा पशु स्वास्थ्य कार्यक्रमहरु संचालन गरियो । तत्पश्चात व्यबस्थापन पक्षमा जटिलता र सेवामा शिथिलता आएको महसुस गरी पुनः २०५२ साल श्रावण १ गते पशु सेवा विभागको मातहत स्थापना गरी सोही विभाको मातहतमा जिल्ला पशु सेवा कार्यालयको संरचना सहित ग्रामिण क्षेत्रहरुमा सेवाकेन्द्र/उपकेन्द्र स्थापना गरी कार्यक्रम संचालन गर्दै आएको थियो ।यसै क्रममा आ.व.२०५५/५६ यस कार्यालयको कार्यक्रम विकेन्द्रीकरणको भावना अनुसार जिल्ला विकास समितिको मातहतबाट वार्षिक कार्यक्रम स्वीकृत गर्ने गरी जिल्लाका पशु सेवा सम्बन्धी कार्यक्रमहरु जिल्ला पशु सेवा कार्यालय र सेवा केन्द्र/उपकेन्द्रबाट संचालन गरिएको थियो । २०७२ सालमा गरिएको नेपालको संविधानमा देशमा संघीयता लागू गरिसो को कायार्न्वयनगर्नउद्देश्य अनरुप संघ, प्रदेश र स्थानीय तह गरितीन तहको राजनीतिक तथा प्रशासनिक इकाइहरुरहने व्यवस्था भएको छ । संवैधानिक व्यवस्था अनुसार वि.सं. 2०७४ सालमा तीनै तहको निर्वाचन भई संघीयता कायार्न्वयनको चरणमा अगाडि वढि रहेका छ । पछिल्लो चरणमा देशलाई एक संघ, सात प्रदेश तथा ७५३ स्थानीय(महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका¸गाउँपालिका र ७७ जिल्लासमन्वय समितिहरु समेत) तहमा विभाजन गरीसवैलाई संविधानले प्रदतगरेको आर्थिक¸ प्रशासनीकतथा राजनीतिक अधिकारको उच्चतम प्रयोग गर्नअवसरभएको छ । यहीक्रममा प्रदेश नं.१बिराटनगर, प्रदेश सदरमुकाममा यस मन्त्रालयको माघ  २९, २०७४ मा औपचारीक रुपमा स्थापनाभयो ।

नेपालको संविधान, संघीय कानून तथा प्रदेश कानूनको अधिनमा रहीप्रदेशको आवश्यकता र सम्भाव्यताअनुरुप कृषि विकास सम्बन्धी नीति तर्जुमा कायार्न्वयन गर्नमूल उद्देश्य बोकेको यस मन्त्रालयको लक्ष्य व्यावसायिक एवं प्रतिस्पधार्त्मक कृषिप्रणालिबाट उच्च एवं दिगो आर्थिक बृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्‍याउनु रहेकोले नेपालको संविधान 2072 अनुसार कार्य विवरण तोकिभूमि व्यवस्था¸ कृषि तथा सहकारी मन्त्रालयको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहत रहने गरी 2075 साल असोज महिनाको 26 गते  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना भई प्रदेश सरकारको कार्य विवरण बमोजिम कामकाज गर्दै आएको र प्रदेश सरकार (कार्य विभाजन) नियमावली, 2078 माघ 16 गतेको निर्णयबाट भूमि¸सहकारी तथा गरिवी निवारणको कार्यहरुलाई अलग गरी कृषि तथा पशु विकास सम्बन्धीका कार्यहरु मात्र गर्ने गरीकृषि मन्त्रालयको स्थापना भई यस मन्त्रालयको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको मातहतमा रही देहाय बमोजिमका प्रदेश सरकारका लक्ष¸उद्देश्यहरु प्राप्‍त गर्न यस विज्ञ केन्द्रको कार्य विवरण बमोजिम कामकाज गर्दै आएको छ ।