Voice of Office Chief

नेपालको अर्थतन्त्र कृषिमा आधारित रहेको र कृषिमा पशुपालनको अहम भूमिका रहेको वर्तमान अवस्थामा पशुपालन बिनाको नेपाली समाजको कल्पना सम्म गर्न सकिदैँन। उन्नत नश्लका पशुहरुको अभाव पशु आहाराको कमी, सर्व सुलभ पशु स्वास्थ्य सेवाको अभाव, कृषकहरुमा उन्नत प्रविधि बारे यथोचित ज्ञानको अभाव एवं पशु जन्य पदार्थहरुको उचित बजार एवं बजार व्यवस्थापनको अभावको अलावा राष्ट्रिय अर्थतन्त्रमा पशुपालन क्षेत्रले पुराएको योगदानको अनुपातमा न्युन लगानी भएपनि आजको मितिसम्म पशुपंछीपालनको विकास तिब्र रुपमा भइरहेको छ।आज हामीले आफ्नै भूमिको पशुपन्छीजन्य उत्पादनबाट आत्मनिर्भर हुने अवस्थामा पुगिसकेको छौँ। पशुपन्छीजन्य उत्पादनलाई अझ बढाउन, बजारिकरणलाई जोड दिदैँ कृषकहरुको सदैव सेवा गर्ने म प्रतिबद्धता जाहेर गर्दछु।

Voice of Office Chief