पशु चिकित्सा तथा प्रयोगशाला शाखा

  • पशुपन्छी रोग अन्वेषण तथा निदान गर्ने ।
  • विशिष्टिकृत पशुपन्छी तथा मत्स्यका लागि औषधोपचार सेवा संचालन गर्ने।
  • पशुपंक्षीलाई शल्य चिकित्सा सेवा उपलव्ध गराउने ।
  • पशुपन्छीको परिक्षण तथा रोग निदानका लागि आधुनिक प्रविधिको सेवा उपलब्ध गराउने।
  • पशुपन्छी रोग सर्भिलेन्स गर्ने ।
  • पशुपन्छी तथा माछाका लागि प्रयोगशाला सेवा संचालन गर्ने।
  • उच्च प्रविधियुक्त रेडियोलोजीकल सेवा उपलब्ध गराउने ।
  • अल्ट्रासोनोग्राफी, एक्स रे लगायतका सेवा उपलब्ध गराउने ।
  • आवश्यकता अनुसार कार्यक्षेत्र भित्र विशिष्टकृत सेवा सहित विशेषज्ञबाट घुम्ती स्वास्थ्य शिविर, बाझोपन निवारण शिविर सञ्चालन गर्ने ।
  • दुध, रगत, गोबर, पिसाव र छालाको नमूना परिक्षण गर्ने ।
  • दुध, रगत, गोवर, पिसाव र छालाको कल्चर सेवा सञ्‍चालन गर्ने ।
  • एन्टिबायोटिक सेन्सिटिभिटी परिक्षण सेवा सन्चालन गर्ने ।
  • ईपिडेमियोलोजोकिल सर्भिलेन्स तथा रिपोर्टिङ्ग समन्वय गर्ने।
  • कार्य क्षेत्र भित्र शल्य चिकित्सा सेवा तथा रेबिज रोग नियन्त्रणका लागि घरपालुवा तथा सामुदायिक कुकुर नियन्त्रण तथा बन्ध्याकरण सेवा सन्चालन गर्ने ।
  • कार्यक्षेत्रमा खोपको माग तथा आपूर्ति व्यवस्थापन गर्ने।
  • उत्पादित पशुपन्छी, माछा , पशुपन्छी जन्य उत्पादनको स्वच्छता तथा स्वस्थता निर्धारण गर्दै भेटनरी स्वास्थ्य प्रमाणपत्र जारी गर्ने।
  • कार्यक्षेत्र भित्र पशु स्वास्थ्य नियमन सेवा सञ्‍चालन सहजीकरण गर्ने।
  • कार्यक्षेत्र भित्र पशुपंछीजन्य महामारी एवं प्रकोप व्यवस्थापन गर्ने।
  • कार्य क्षेत्रमा पशु स्वास्थ्य नियमन कार्यान्वयन गर्ने।
  • कार्य क्षेत्रमा जुनोटिक रोगहरुको रोकथाम, नियन्त्रण गर्ने।
  • कार्य क्षेत्रमा घुम्ती भेटेरिनरी सेवा प्रवाह गर्ने।
  • कार्य क्षेत्रमा घुम्ती भेटेरिनरी सेवा प्रवाह गर्ने।
  • आधुनिक पशु उपचार सम्बन्धी प्रविधी हस्तान्तरण तथा विस्तार गर्ने।
  • कार्यक्षेत्रमा पशु स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्य सञ्चालन गर्ने ।
  • कार्यक्षेत्र भित्र कार्यक्रमको अनुगमन गर्ने¸ पृष्ठपोषण गर्ने¸ दुध¸ फुल¸ मासुको पसल एवं बद्यस्थल अनुगमन व्यवस्थापन गर्ने ।
  • एक स्वास्थ्यको अवधारणा कार्यान्वयन गर्न कार्यक्षेत्र भित्रका स्वास्थ्य संस्थाहरुसंग समन्वय गर्ने।
  • प्रचलित कानून बमोजिम अन्य कार्य गर्ने ।